तिमीMarch 21, 2010सम्झना .... फेब्रुअरी २६ २०१० बिहानै देखि आज हिउँ परिरहेको छ, यत्ति परेको देखिन्छ कि,कतैबाट
डोजर आउला कि भनेर म आँखा लगिरहेछु ...उठ्न पनि आज ढिला गरिएछ ,हत्तेरी !! बिहान को
१० बजिसक्यो, अब कतिखेर त्यहाँ पुग्ने अनि कतिखेर पत्रिका मिलाउने ?? मलाई येस्तै
येस्तै भैरहेको थियो |छिटो छिटो गरि खान खाएर म हिड्ने तरखर म पुगें |(बाहिर
पुगेपछि ) हत्तेरी !! आज कती बाक्लो हिउँ परेको,हेर त रोड सबै ढाकेको ? आफैलाई बाटो
पत्त| लगाउन निक्कै गारो हुन्छ कि झैं ,म हिड्न सुरु गरिसकेको थिएँ ,बाटोभरी
थुप्रेको हिउँ को डल्ला हरु अनि त्यहि माथि परेको फ्रेश हिउँ ले गर्दा आज निक्कै
असजिलो बनाइरहेको थियो | मलाई आज निक्कै गारो लागिरहेको छ ,कारण : हिजो बेलुका
देखि नै ओठनिर दुखिरहनु अनि बिहानको चिसो मा बाहिर हिड्नु पर्ने | आज फेरी आफैले बढ्नु पर्ने एरिया तिर बाइक चलाउनै नसकिने स्थिति , म त बाइक मा नचडीकन हिदाउदै लागें |बल्ल बल्ल काम गर्ने ठाउमा पुगें, सार्है गार्हो आज,,सबै को मुखबाट येही सुन्दै म भित्र आफ्नो काम म ब्यस्त हुन लागें |मलाई साच्चै भन्नु पर्दा पत्रिका मिलाउने काम खासै धेरै समय लाग्दैनथ्यो ,त्यहि भएर होला अब जानु पर्ला भनि बाइक अगी सारें |जब म जाने खोजें, तब बाइक रोकिन्थ्यो ,कारण : बाक्लिएको हिउँ | बिस्तारै बिस्तारै म अफ्नो गन्तब्य तिर प्रस्थान गरें | आज बाइक चलाउन साच्चै निक्कै कठिन थियो ,कल्पना म सम्म हिउँ नदेखेको म ,आज हिउँ नै हिउँ को पहाडहरुमा बाइक कुदाउदै छु अनि फेरी परिरहेको बाक्लो,अनि हेर्दा प्वाँख जस्तो लाग्ने | साच्चै ,आज धन्न चिसो चाही धेरै थिएन है/ मलाई लाग्छा बिहान जम्मा -५/६ थियो कि ?? त्यहि भएर होला मलाई आज टोपी को पनि जरुरि परेन | साच्चै मौसम त निकै रमाइलो हो नि ,तर के गर्नु हिउँ संगै आउने हुरी ले मेरो आँखा लै अगी हेर्न पुरै छेक्थ्यो अनि मलाई घरि घरि सतैरहन्थ्यो | आज फेरी बाइक यत्ति नरम्रोरी चिप्लिरहेको छ कि, कुनै चिप्लिने बस्तु नै छ कि जस्तो लाग्थ्यो मेरो टाएरमा | कहिले कहिँ त येस्तो लाग्थ्यो कि,पछाडि कुनै गाडी आइरहेको छ ,तब म पछी फर्कन्छु,त्यहि बेलामा बाइक लटरपटर भैहाल्छ |कती चोटी त लड्न नसकेर खुट्टा को बल ले धान्नु धानेको थियो | हेर मेरो जुत्ता को गति ? कस्तो बाक्लो भएको हो आज मेरो स्नो सुज पनि ,ए बाबा !त्यो हिउँ ले गर्दा जुत्ता गर्हुँगो हुदै जान्थ्यो अनि अलि एकै छिन् पछी जुत्ता बजार्यो ,हिउँ फल्यो | साच्चै है ? त्यो उकालो अलिकति छ तर बाइक लैजादा हम्मे हम्मे पर्छ भने , झन कहिले कहिँ पछाडि बाट कार आउदा त झन आफुलाई हतार हुदा कता हो कता लतपतिने... खासै तापक्रम नबढेको हुनाले आज मलाई चिसो को त्यत्ति अनुभव चाहिं गर्नु परेन ,जे होस् पिडा भएपनि त्यस्तो दुख्ने गरि चाही भएन | आज फेरी हुन त घाम को पनि मुखै देख्न पाइएन , जतिखेर पनि दिन भरी नै हिउँ , खास किन आज गार्हो भएको भने,त्यसै त पहिले कै पुराना हिउँ क डल्ला हरु, अनि त्यहि माथि नया थपिएपछि हामी कुन चाही बाटो हिड्ने भनि पत्ता लगाउन निक्कै गार्हो हुने |..आज लेख्दा लेख्दै ..नया खबर आएको छ, हेल्सिन्की जाने भन्ने कुरो...हेर्दै जाउँ, के हुने हो कसो होला ,....
| हेल्सिन्की अम्, म हेल्सिन्की आएको पनि १० दिन हुन लाग्यो | जागिर को
अत्तोपत्तो छैन, कत्ति खोज्नु यार, आज पनि त्यसै गयो दिन |आजको आश भनेको त्यहि रेल
सफा गर्ने काम मिल्छ कि भन्ने थियो , त्यहि पनि तुहियो | त्यत्रो कसरत गर्दा पनि
केहि लागेन, त्यस्तो चिसो मा बल्ल बल्ल लागियो, हेर केहि न केहि... दिनभरको निरास
हुनु मा कतै त्यहि बोक्सी फिनिश को त दोष छैन नि ? साला हेप्न सम्म नि कत्ति
हेपेका यार, के हामि त यहाँ खान आएको जस्तो | बस म बसिरहेको थिए, त्यत्तिकै म एउटी
बुढी आमै आइन भनेर मैले अलिकति सारें, अनि नजिकै रहेको एउटा आइजेरिया को केटा ले नि
छोडी दियो | बस्न पाएको छैन बुडी त के के भन्दै भुत्भुतौना थाल्छे,,त्यत्ति सार्हो
नबुझेकोले, अलि अलि केहि गल्ति भयो कि भनेर पाहोइल्लानी (माफ गर्नुस ) भनें | झन
बुढी त उफ्रिन पो थाल्छे , त्यतिन्जेल सम्म म केवल मुस्कैरहेको मात्रै थिएँ, कारण
मैले पुरै भाषा बुझ्न सकिरहेको थिएन | लगभग,एकैछिन गलिगरेपछी,अत्ति भानिछ कि के हो,
नजिकै को काले साथि ले सबै बुझेर पछी जवाफ दिन थाल्यो ,र पो मलाई थाहा हुन पुग्यो
कि उसले मलाई त्यहाँ नजिकै ,मेरो आडमा बसिरहेको फिनिश केटि को नजिक हामि बाहिरी देश
को मान्छे बस्यो भनेर आँखा गरेकी रहिछ | अनि त्यहि भएर पो अगिनै देखि, म तिर फर्केर
नाना थरि भन्दै रैछे | साला आज अचम्म लाग्दै छ, यहाँ आएको ७ महिना सम्म कसैले त्यसरी अगाडी, सबैले बुज्ने गरि गाली गरेको थिएन त्यो पनि मेरो कुनै गल्ति नभैकन ,तर आज मेरो दिमाग म निक्कै नमिठो पिडा को अनुभूति भैरहेछ | साएद आज अलिकति भएपनि अफ्नो देश किन छोडेर यहाँ अरुको रेसिज्म खेप्नु परेछ जस्तो लागिरहेछ | के गर्नु यार, अजै जागिर को फेल खानु,अनि आजै बोक्सी बुडिको फेला पारिनु,अनि अब के हुने के काम ,हे भगवान...कहिले पौने हो पारम्पार !!! |
मार्च 29 2010
आज निकै तिमीहरुको याद आइरहेछ यार !!हेर त यार..तिमि हरु त्यहाँ आज एक्लै/एक्लै मलाई नसम्झीकन के के पार्टी मनाउदै छौ है ? अनि मेरो अनुपस्थिति म तिमीहरु रक्सीको चुस्की सम्म लिन सक्ने भयोउ है? हुन त हामी जहिल्यै भन्थ्यौ नि ,अब त रक्सि सुरु गर्नु पर्छ है भनेर..तर म बसिन्जेल गर्न नसकेको काम.. जे होस् पुरा गरेछौ, खुसि लाग्दै छ| धेरै सम्झना आएको छ यार तिमीहरुको अनि तिमीहरुसंगको अतितहरुको |अहिले आफैलाई ठगिएँ कि झैँ अनुभूति भै रहेछ, अनि फेरी आफ्नै मन सम्झी- आफैलाई चित्त बुझाउने कोसिश गर्दै छु | हुन त आज देश म निक्कै ठुलो सोक परेको दिन ,स्वत मेरो मन खुसि रहन सकेको छैन..अझ तिमी हरुको पार्टी अनि मेरो यहाको एक्लोपनले गर्दा होला,निक्कै भावुक अनि निरास हुदै छु | खै यार कहिले कहिँ त येस्तो लाग्छ कि...म कहाँ छु अनि केको लागि छु..अनि फेरी सम्झिन्छु मेरा ती पुराना दिनहरु जुन एक एक पलहरु तिमिहरुसंगै थिए ,तिमीहरुसंगै रम्दै, डुल्दै अनि फेरी ..म झस्किन्छु यार...
अनि फेरी तिमीहरुको याद त आइहल्छ नि यार ,
..साच्चै आज निक्कै नरमाइलो लाग्दै छ ,तिमीहरुको पार्टी... ,,!!अनि म आफुलाई त्यहि सामेल गरेर..म पनि बस्छु है ??ए..ए ..पख पख...म मासु पकाउछु..अनि सुदिप भाडा माझ्छ..बडी टमाटर काट्छ अनि टेके .....हा हा हा...येस्तै हैन र हाम्रो स्टाइल ?? ...Missing my dear Guys !!!..too much...love you all..forever....
यस्तो लाग्छ..
त्यो समय निक्कै गार्हो लागिरहेको थियो , कारण अत्याधिक चिसो तापक्रम अनि आफु साइकलमा जानु पर्ने अर्को विवशता | हुन त, जत्ति अनुमान थियो जबकी जाडो त्यसमाथि पनि माइनस , अझ भन्नु पर्दा -२० भनेको सुन्नुपर्दा मनमा कस्तो कस्तो डरको तरङ्ग छुट्ने गर्दथ्यो |समय निक्कै कठोर थियो त्यसबखत , हामी त्यत्ति जाडो पर गरेर पढ्न जानुपर्थ्यो,बिहानै शासुराली जाने दिनमा जस्तो गरि एका बिहानै भात बसाल्यो, अनि छिट्टो छिट्टो गरेर साइकल छाडेर जाने | त्यस्तो बिहानै खाना खाएर अनि त्यसमा चिसो अलि थपेर शरीरलाई निक्कै दुख दिएको थिएँ | त्यत्ति मात्र कहाँ थियो र मेरो जीविका, दिनभर पढाई, पाठ, के के ...सम्झिदा पनि !!पढाई त त्यस्तो गार्हो हैन अवस्य नै , तर कुरा कल्पनाको तापक्रम जहाँकि आफ्नो काल्पनी तापक्रम भन्दा निक्कै माथी लगभग दोब्बर , करिब -३५ सम्म को यात्रा गजब संग बित्यो | मलाई अहिले पनि नेपाल रहँदा लुगा पसले लाई भनेको कुरा याद आइरहन्छ , माइनस २० डिग्री सम्म हुने खालको दिनुस है साहुजी, नत्र त त्यहाँ सम्भवत, माइनस १५ को हाराहारीमा हुन्छ रे, अनि कहिलेकाही त २५ पनि पुग्छ रे !! अहिले ती कुरा हरु सम्झिरहन्छु अनि आफैलाई सम्झी चित्त बुझाउँछु |
तस्विर अलि पछाडी को हो , येतिखेर त तापक्रम खासै थिएन तर नि त्यहाँको थोरै तापक्रम हाम्रो लागि त रमाइलो नै हुन्थ्यो नि ! यहि भएर होला म पहिलो चोटी यसरी रमाइलो म झुम्मिदै थिएँ |
साँची भन त, तिमी किन यस्तो कुरा गर्छौ,मैले तिमीलाई कत्ति चोटी भनेँ तिमी अझै एकोहोरो ढिपी छोड्दैनौ है?..एकदिन हैन,दुई दिन हैन,मैले तिम्रो अनुहार हेर्दिन भनेको निक्कै भैसक्यो तिमीलाई थाहा छ ,म किन यस्तो उदास छु_..हो यी सबै तिम्रै खिलाफ हुन् | हेर, अझै समय छ तिमी टाढा पर जाउ जबकी तिमी अनि मेरो कुनै दुरी नहोस्,अनि तिम्रो आवाज को तरङ्ग मेरो सामु कहिल्यै नआओस, म सधै यहि त भनिरहेको छु नि होइन? मेरो प्यारो मान्छे, !! म तिमीलाई कसरी सम्झाउनु तिमी मेरो जीवन को एउटा सहारा थियौ भनेर अनि फेरी कसरि धेरै पल यहि भनाइ मै मात्र भनिरहूँ \ तिमिलाई थाहा छ प्रिय, तिमीलाई यसो भन्नुमा मेरो कत्तिको मुर्खता अनि के तिमी कल्पना गर्न त सकिरहेकी छौ नि किन आज यसरी म निर्दयी बनिरहेछु भनेर|..
.
मेरो सानो मुटुको धड्कन,म अझै कस्तो विवस छु हगी..तिम्रो सामु कत्ति सिर झुकाएँ,कत्ति नम्र बिनम्र बनेँ, अनि तिमीसंग कत्ति पल बिताएँ तर आज आफै भन्दै छु कि तिमी जाऊ,धेरै टाढा जाऊ | मलाई आफै लाई थाहा छैन निरु,तिमीलाई पर्ने चोटहरुमा म किन रुन्थें भनेर| अझ तिमीलाई अरुले नानाथरी भन्दा मेरो आँखा किन रसाउँथे म अझै अनुत्तरित छु निरु , तिमीलाई संधै आँखा अगाडी देखिरहनु मेरो दैनिकीको कल्पना हुने गर्थ्यो ,तिमी कतै जाने थाहा पाउँदा मेरो मन निक्कै भारि हुन्थ्यो ,तिम्रो बोली अनि सौन्दर्य मेरो जीवनको स्वोप्नासरि स्वोर्निम बन्दथे | निरु, आज मलाई तिम्रो नाम निक्कै लेखन मन लागिरहेछ, अनि तिमीलाई मन पर्ने गीत सुनिरहन मन छ | तिमी भन्थौ नि आज को मौसम कत्ति रमाइलो छ है? यस्तोमा गोदावरी जाउँ न आर.पि ..म अझैँ झस्किनछु ,म कोहि कसैले गोदावरीको नाम लिएको सुन्न सक्दिन निरु \तिमीलाई थाहा नै छैन होला तिम्रो घरमा शोक हुँदा मलाई कत्ति ठुलो पिडा थियो भनेर ,सायद तिमीले भुल्यौ पनि होला तिमी सानू छंदा तिमीले छोएको पानीको निहुँमा तिमीमाथि अपहेलना हुँदा म कत्ति रोएको थिएँ \ तिमी त चन्चले थियौ अनि जे पनि गर्थेउ तर मलाई हेरेको छौ कहिल्यै? कहिल्यै मेरो बारेमा एक मन लगाएर सोचेकि थियौ ,अनि के अहिलेसम्म सोचेकी छौ ?मलाई लाग्दैन कि तिमी मेरो बारेमा पुरै बेखबर छौ तर यो पनि म सोच्न् सक्दिन कि तिमी पुरै अनभिज्ञ छौ अनि फेरी म कसरि सोचुँ ? मेरो मन निकै भावुक छ नि तिमीलाई थाह छैन र? सम्झ त ती दिन जब तिमी र म संगै पढथेउँ ,तिमीलाई सर ले गाली गर्दा म कस्तो दुखित बन्दथे ,अनि तिम्रो समीप खोजि खोजि तिमीलाई कत्ति सहयोग गर्दथेँ \ हुन त मैले आफै पनि निक्कै गाली नपाएको होइन खाली तिमीसंगै हिडेको भनेर अनि तिम्रो जात संग संगत गरेको भनेर , तर तिमीलाई त राम्रो संग नै थाहा छ नि म मेरो आमा अनि बा लाई कसरि सम्झाउन सक्थें..
के
अझै याद छ त्यो दिन ? जहाँ तिमी र म मात्र थियौ नि ,,रात भरिको साउने झरी अनि त्यसपछिको उदांगो मौसम ,जता ततै हरिया डाँडाकाँडा अनि केहि केहि जाडोपन \ हेर,त्यत्तिखेर हामी बल्ल स्कूल को परीछ्या सकेको हो नि ,अनि तिमी बाटोमा चिप्लिएर लडेको त्यो दिन म कत्ति हाँसेको थिएँ तिमी सम्झिन्छौ? अनि त्यसपछिको मेरो न्यानो अँगालो नि ...मैले त्यस अघि सम्म तिम्रो कोमल अंग हरुमा एक स्पर्स पनि गरेको थिईन तर त्यो दिन म कसरि बताउँ निरु, म साँझ नपर्दै मेरो काल्पनिक सपनामा मौन थिएँ अनि साच्चिकै सपना ..आखिर सपना मै सिमित भयो ....continue..
मेरो वर्तमान !!
सच्चि,खै किन हो किन मन निक्कै आनन्दित भैरहेको अनुभव गर्न थालेको छु आजकल | मान्छे हरु त भन्दथे यहाँ समर लागेपछि रमाइलो हुन्छ, बाहिर निक्लन पाइन्छ, अनि के के ... मलाई लगभग १ हप्ता जस्तो भयो कि सायद...त्यस्तै अनुभुतीहरुले कता कता हाउगुजी गरिरहेको हो कि भन्ने लागिरहेछ | हुन त अनर्थ नलागोस, बाहिर हिड्दा ,चर्केको घाम त्यो पनि पोल्ने खालको तर पोल्ने भन्दैमा पसिना आउने भने होइन , मेरो भित्री मन को चाहना भनौ या अरु नै...बाहिर हिड्दा निक्कै आनन्द को अनुभब लिन सिक्दै छु कारण यहाको मानिसहरुको ठुलो जमात अझ यसमा युवा पिढीहरु |ती युवा हरुमा पनि केटि हरुको त आनन्द लिने तरिका अझ म कसरि वर्णन् गरुं ?..सम्झेर पनि कहिले कहिँ एक्लै एक्लै ह7सिरहन मन लाग्छ | कस्तो सस्कार छ है यहाँ , कत्ति खुल्लापन है ? म आफैलाई निक्कै चोटी प्रस्न गर्ने गर्छु , अनि आफ्नै उत्तरमा चित्त बुझाउछु | अझ मेरो पौरख भनौ या अरु कुनै कारण , म आफु सानै देखि नै प्रर्कृतिको छाया सार्है मन पराउने मान्छे ,सायद यसैलाई पछयाउदै होला मेरो मन कहिले नि सहरका गल्लि गल्लि अनि कुनै ठुलो म्युजिकल सेन्टर अथवा कुनै रंगमंच मा रमाउन सकिन |हुन त मानिसहरु यसलाई मेरो कमजोरी पनि भन्छन तर खै आफुलाई कसरि त्यो बाटोमा हिडाउँ केहि सोच अनि विचार मेरो मानसपटलमा छाएको छैन |मेरो अफ्नो अदृश्य चाहना भनौ या कुनै अचम्म को स्वोभाव कुनै जंगल, पाखा/पखेरी अनि त्यसमा बहने सुस्त सुस्त हावा..मेरो मन सधै यहि चाहिरहन्छ, अझ भन्नु पर्दा, त्यसै मा आउने एक प्रकारको कोलाहल वा मानौ स्वस्छ नदीको पानीको कल कल आवाज अनि सानासाना चराचुरुन्गीहरुको सुमधुर आवाज |
आज म आफैलाई नि अचम्म मनिरहेछु कारण, यी सब लेखहरु देख्दा कुनै साहित्यिक पाना वा कुनै काल्पनिक कुराहरु | हो ,यो सबै कल्पनाकै उपज हरु हुन् जो आज यो समय मेरो आफ्नै साथमा छ | हुन त मेरो यो त्यहि ठाउँ हो जहाँ जाडोको कुनै डिसेम्बर, जनुवरीमा कुनै दिन -३५ पनि आएका थिए तर अहिले सायद मेरो कल्पना भन्द पनि माथी ,खै !! म कसरि वंर्णन् गर्न सकुँला र,तै पनि मनको शान्त न हो जे जति भोगे पनि |हुन त मलाई कुनै दिन याद आउने छ मेरा यी दिनहरु जहाँ म आफ्नो घर, अफ्नो साथीहरु, दुनिया अनि मेरो सर्वेसर्वा भन्दा टाढा छु , निक्कै टाढा |मेरा यी सामान्य फोटोहरु पनी कुनै दिन मलाई अनौठो लाग्नेछन अनि एउटा सम्झना रुपी सपना स्वोप्नामा डुब्नेछु | यथार्थमा भन्नु पर्दा यस्तो समय सायद मेरो जीवनमा फर्केर आउला नआउला त्यो त सायद समय लाई नै थाहा होला तर अवस्य मेरो यो भोगाइ अविस्मरनिया रहनेछ |.......continue...